GBIME

कालिञ्चोक दर्शनको आईपीओ खुल्यो, क–कस्ले आवेदन दिन पाउने ?

1.25K
shares

काठमाडौैं, ३ माघ । कालिञ्चोक दर्शन लिमिटेडले आज अर्थात मंगलबारबाट आईपीओ निष्काशन गरको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरेको कम्पनीले बाँकी शेयरमध्ये पनि ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।

अब २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।

यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । छिटोमा माघ ६ गतेसम्म विक्री खुला हुने मिति तय गरिएको छ भने छिटोे अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्म बिक्री अवधि लम्बिनेछ ।

तर सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको तथ्याङ्कलाई हेर्दा कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्री खुला हुने निश्चित छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।