GBIME

एनआईबिएल ग्रोथ फण्डको इकाई बाँडफाँट

1.07K
shares

काठमाडौं, ४ माघ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल अन्तर्गतको एनआईबिएल ग्रोथ फण्ड इकाईको बाँडफाँट गरेको छ ।
उक्त ग्रोथ फन्ड पौष ७ गतेदेखि  २१ गतेसम्म सार्वजानिक रुपमा बिक्री आह्वान गरिएको थियो ।

एनआईबिएल ग्रोथ फण्डको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १६ करोड इकाईहरुमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेडका लागि सुरक्षित गरेको छ ।

१९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रवद्घक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) को लागि गरी कुल निष्काशन गरिने इकाई मध्ये ३ करोड २० लाख इकाई सुरक्षित राखी छ । बाँकी रहेको १२ करोड ८० लाख इकाईको पौष ०७ गते बिहिबार देखि पौष २१ गते बिहिबारसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

सो अवधिभित्र ४२ हजार ६० आवेदकहरु मार्फत ९ करोड ९३ लाख ६७ हजार ९ सय इकाईका लागि मात्र रितपूर्वक आवेदन भई योजनाको आकार जम्मा १ अर्ब ३१ करोड ३६ लाख ७९ हजार हुने भएको र योजना व्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले बिज पूँजीको रुपमा ६३ लाख २१ हजार थप गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम माघ ३ गते बाँडफाँट गरिएको थियो । ६३ लाख २१ हजार थप गरी योजनाको आकार १ अर्ब ३२ करोड कायम गरिएको क्यापिटलले जनाएको छ ।