GBIME

एक्सेल डेभलपमेन्ट बैंकको नाफा ५० प्रतिशतले घट्यो

984
shares

काठमाडौं, १० माघ । एक्सेल डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५० प्रतिशत घटेको छ ।

कम्पनीले गत आवमा रू. ४ करोड ७० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ करोड ३२ लाखमा सीमित भएको हो ।

चालू आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज रू. ४ करोड १४ लाख रहेकोमा चालू आवमा बढेर रू. ८ करोड ८५ लाख पुगेको छ ।

त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा १० प्रतिशत घटेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव १७ रहेकोमा चालू आवमा घटेर रू. ३ दशमलव ७२ मा झरेको हो ।

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड रहेको छ। चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४६ करोड ११ लाख सञ्चित गरेको छ भने रिटेन्ड अर्निङ रू. ४ करोड २० लाख ऋणात्मक छ ।

कम्पनीले रू. १२ अर्ब २३ करोड निक्षेप संकलन गरेर रू. १० अर्ब २२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९८ दशमलव ३१ गुणा, तरलता अनुपात २५ दशमलव ६३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव २१ छ ।