GBIME

जनकपुरबाट लागू औषधसहित चार जना पक्राउ

1.05K
shares

काठमाडौं, १३ माघ । धनुषा प्रहरीले जनकपुरबाट लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागू औषधसहित उनीहरूलाई जनकपुरधामस्थित पीडारी चोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ छन् ।

यस्तै ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वेलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पीडारीचोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागूऔषध ४९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले बताए ।

उनीहरुले प्रयोग गरेको अटोरिक्सा र मोटरसाइकलहरु समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।