वित्तीय विवरण समयमा नबुझाउने १० बीमा कम्पनीलाई प्राधिकरणले पठायो सचेत पत्र
वि.सं.२०७९ माघ १९ बिहीवार १८:४१
shares

काठमाडौं, १९ माघ । बीमा प्राधिकरणले समयमा वित्तीय विवरण नबुझाउने १० बीमा कम्पनीलाई सचेतपत्र पठाएको छ ।
प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पहिलो पटक वित्तीय विवरण नबुझाएको भन्दै पत्र पठाएको छ । त्यस्तै अन्य कम्पनीहरुमा गुराँस लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा लाइफहरुलाई वित्तीय विवरण बुझाउन ढिलाई गरेको भन्दै पत्राचार गरेको छ ।
बीमा प्राधिकरणले पुस मसान्तसम्ममा वित्तीय विवरण नबुझाउने प्रुडेन्सियल, लुम्बिनी जनरल, सिद्धार्थ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई पनि पत्राचार गरेको छ ।
गत आर्थिक वर्षको वित्तीय विवरण भएकोले तत्कालै कारवाही भने हुने छैन । नयाँ अभ्यास र गत आवको वित्तीय विवरण भएकोले सचेत गराउँदै पत्राचार गरिएको बीमा प्राधिकरणले जनाएको छ ।



















