GBIME

शुभम् पावरको आईपीओमा ७ लाख ७५ हजारको आवेदन

984
shares

काठमाडौं, २० माघ । शुभम पावर लिमिटेडको आईपीओमा माग भन्दा १८ दशमलव ६३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रबार दिउसोसम्ममा ७ लाख ९३ हजार ७५ जना आवेदकले ८९ लाख ८१ हजार ७४० कित्ताका लागि आवेदन दिएका हुन ।

कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आइतवार अर्थात माघ २२ गते बैंकिङ्ग समय सम्म रहेको छ ।

कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूमा आईपीओ बिक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ जारी गरेकोे हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि बिक्री गरिने शेयरमा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा वितरण नभएको १ लाख ८० हजार ५८० कित्ता शेयरसमेत थप भएको छ । कुल कित्ता शेयरमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हजार ६१० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।