GBIME

शेयर बजारमा झिनो सुधार, आज १ अर्ब ९३ करोडको कारोबार

1.04K
shares

काठमाडौं, २२ माघ । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक १ दशमलव ५४ अंकको बढोत्तरी भएको छ । आज बजार खुलेदेखि नै ओरालो लागिरहेको बजारमा अन्तिममा १ अकंले बढेको हो ।

आइतबार नेप्से परिसुचक शुन्य दशमलव शुन्य ७ प्रतिशतले बढेर २०९६ दशमलव शुन्य ८ को विन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको बारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८९ अकंले बढेको छ । आज दिनभर भएका ३९ हजार १ सय ८७ कारोबारबाट २५८ कम्पनीका ५२ लाख ६ हजार ३ सय ७० कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएक सम्पूर्ण कारोबार रकम १ अर्ब ९३ करोड १७ लाख १९ हजार १ सय ३ पुगेको छ ।