GBIME

यस्तो आयो बजेटको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

3.5K
shares

काठमाडौं, २९ माघ । सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सरकारले आइतबार बजेटको अर्धवार्षिक समीक्षा गरेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेले बजेको अर्धवार्षिक समीक्षा आइतबार नै संसदमा पेश गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका छन् । उनले बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले घटाएका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा झारेको बताएका छन् ।

त्यस्तै पूँजीगततर्फ गत जेठ १५ मा ३ खर्ब ८० अर्ब ३८ करोड छुट्याइएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयँँमा झारिएको छ । वित्तीय व्यवस्थामा २ खर्ब ३० २१ करोड रुपैयाँ छुट्याइएकोमा २ खर्ब १४ करोड मात्र छुट्याइएको छ ।

अर्थ मन्त्रालयबाट स्रोतको सहमति लिएका तर कार्यान्वयनमा जान बाँकी रहका आयोजनाहरुको पुनः प्राथमिकीकरण गर्ने पनि अर्थमन्त्री पौडेले बताएका छन् । त्यस्त आयोजना कार्यान्वयनमा लैजानुपूर्व सम्बन्धित मन्त्रालयले पुन अर्थ मन्त्रालयको सहमति लिनुपर्ने पनि मन्त्री पौडेलले बताए ।

हेर्नुस् केके भयो समीक्षाः