समस्याग्रस्त घोषणा गर्नुमात्रै समाधानको उपाय होइन : सचिव रेग्मी
वि.सं.२०७९ फागुन १४ आइतवार १६:४५
shares
फाइल फोटो
काठमाडौं, १४ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव डा. दामोदर रेग्मीले सहकारीहरुले बैंकको जस्तो काम गर्न खोज्दा समस्या आएको बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालका संघ (इमान) ले आयोजना गरेको सहकारीको संकटका कारण र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव रेग्मीले यस्तो बताएका हुन् ।
सहकारीले आफ्नो मर्म अनुसार काम नगरेका कारण अहिलेको अवस्था आएको उनको भनाइ छ । सहकारीका सञ्चालकहरुले बिना धितो ऋण लिने, नियमभन्दा बाहिरको काम गर्ने गर्नाले समस्या आएको उनले बताए । मन्त्रालयले अहिलेसम्म बचतकर्ताको ५० करोड रुपैयाँ फिर्ता गरिएको उनले जानकारी दिए ।
समस्या भएका सहकारीका सञ्चालकहरुको खाता रोक्का देखि विदेश जानका लागि समेत रोक लगाउने काम मन्त्रालयले गरेको उनको भनाइ छ । कमजोरी सुधारका लागि सबैको हातेमालो आवश्यक रहेको उनले बताए । त्यस्तै सहकारीमा शुद्धिकरणको पनि आवश्यकता रहेको उनको धारणा थियो । समस्याग्रस्थ घोषणा गर्दा पनि समस्या हुन सक्ने भएकाले मन्त्रालय तस तर्फ पनि चनाखो रहेको उनको भनाइ थियो ।



















