Dhulikhel Eco Banner new

मोदी इनर्जीले आईपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

5.12K
shares

काठमाडौं, १४ फागुन । मोदी इनर्जी लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।

कम्पनीले ७२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि सेबोनबाट फागुन २ गते स्वीकृति पाएको हो ।

कम्पनीको विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र स्थानीय बासिन्दाका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ ।