Dhulikhel Eco Banner new

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

11.13K
shares

काठमाडौं, १० चैत । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा आज औपचारिक रुपमा सार्वजनिक २०७८ सालको जनगणनाको प्रतिवेदन अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ८४ हजार ५ सय ७८ पुगेको हो ।

यो संख्या प्रारम्भिक गणनाभन्दा करिब २७ हजारले कम हो । यसअघि २०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो ।

४८ दशमलव ९ प्रतिशत पुरुष र महिलाको जनसंख्या ५१ दशमलव १ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । आज सार्वजनिक विवरणअनुसार पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ छ । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसंख्या भन्दा करिब २७ हजारले जनसंख्या घटेको राष्ट्रिय तथ्यांक कार्यलयका उपप्रमुख डा. हेमराज रेग्मीले बताए ।

विक्रम सम्वत् २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो । २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा मोबाइल एपबाट पनि हेर्न सकिने छ ।