Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्य स्थिर, युरोको मूल्य बढ्यो

5.94K
shares

काठमाडौं, १७ चैत । शुक्रबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । अघिल्ला २४ पैसा बढेको डलरको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै बिक्रीदर १३२ रुपैयाँ ५ पैसा रहेको छ । बिहीबार पनि सोही मूल्यका अमेरिकी डलर सटही भएको थियो ।

त्यस्तै शुक्रबार युराको मूल्य भने बढेको छ । शुक्रबारका लागि युरो एकका खरिद दर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा रहेको छ । अघिल्लो दिन युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा रहेको थियो भने बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको थियो । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६३ रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४८ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४० पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा तय गरिएको छ ।

साउदी रियाल खरिददर ३५ रुपैयाँ २ पैसा र र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा रहेको छ । लडरको मूल्यमा वृद्धि हुँदा हाम्रो जस्तो आयातमुखि अर्थतन्त्र भएको र विदेशी ऋणमा चलेको देशलाई आर्थिक भार पर्ने अर्थविद्हरुको भनाइ छ ।