Dhulikhel Eco Banner new

खुजुरा पैसाको बिटो दिएर खेलप्रतिको सम्मान हुँदैन : सांसद गौतम

7.49K
shares

काठमाडौं, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले खेल जितेको बेला खुजुरा पैसाको बिटो दिएर खेलप्रतिको सम्मान नहुने बताएकी छिन् ।शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले खेलको सम्मानका लागि नेपाली राष्ट्रिय फुटबल खेलका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृती दिलाउन माग गरीन् ।

उनले भनिन्, ‘नेपाली राष्ट्रिय खेलको मुख्य प्रशिक्षकले खेल त्रिदेशिय खेलसम्म जिताईसके तर अहिलेसम्म उनले श्रम स्वीकृती पाउन सकेको छैनन् यो खेलप्रतिको उदासीलता विसङ्गति र विकृति हो । खेल जितेको बेला खुजुरा पैसाको बिटो लगेर दिने वित्तिकै खेल प्रतिको सम्मान हुँदैन त्यसैले खेलको सम्मान गर्ने हो भने अव्यवस्थीतको मार भित्र मुख्य प्रशिक्षकलाई नपारी उनको श्रम स्वीकृती दिलाउनु पर्छ र तलब भत्ता सुनिश्चितको व्यवस्था गर्नुपर्छ ।’