Dhulikhel Eco Banner new

प्रेम आचार्यको परिवारलाई इलामेली समाज बेलायतद्वारा आर्थिक सहयोग प्रदान

5.2K
shares

काठमाडौं, २९ चैत । इलामेली समाज बेलायतले दुई महिना अघि आत्मदाह गरेका व्यवसायी प्रेम आचार्यको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा इलामेली समाज काठमाडौंका अध्यक्ष राधेश्याम लेकालीले आचार्यको श्रीमती नानुका अधिकारी आचार्यलाई इलामेली समाज बेलायतले उपलब्ध गराएको ९७ हजार ४० रुपैयाँ नगद हस्तान्तरण गरे ।

सहयोग रकम बुझ्दै श्रीमती आचार्यले आर्थिक सहयोग गर्ने ईलामेली समाज बेलायतलाई धन्यवाद दिदै सबैको साथसहयोगले गर्दा आफूले अगाडि बढ्ने हौसला पाइरहेको बताइन ।

उनले भनिन्,‘ आर्थिक सहयोग गर्ने ईलामेली समाज बेलायत समाजलाई हृदय देखिनै नमन गर्दछु । सबैको साथ सहयोगले गर्दा अगाडि बढ्दैछु । अब नानीहरुलाई काठमाडौंमा ल्याएर पढाउँने छु । र म पनि काठमाडौंमा नै बसेर केहि गर्नेछु ।’

त्यस्तै ईलामेली समाज बेलायतकी अध्यक्ष प्रमिला राईले आफ्नो कार्यकाल सकिँदै गर्दा आचार्यको परिवारजनलाई केही सहयोग गर्ने इच्छा अनुसार यो रकम पठाएको अध्यक्ष लेकालीले जानकारी दिए ।