पत्रकारलाई गृहमन्त्रीले भने– तपाईहरुका लागि सधैं मेरो ढोका खुला छ
वि.सं.२०८० वैशाख ५ मंगलवार १४:२०
5.24K
shares
shares

काठमाडौं, ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकारका लागि आफ्नो ढोका खुला हुने बताएका छन् । मंगलबार सम्बन्धित बिटमा कलम चलाउने पत्रकारलाई मन्त्रालयमै बोलाएर आफू सधैं उपलब्ध हुने बताएका हुन् ।
लिनुपर्ने सूचना जहाँबाट लिन मिल्छ त्यहीँबाट लिन सकिने भन्दै उनले भने, ‘नेतृत्वबाटै लिनुपर्ने सूचना वा केही भए मलाई भन्नुस्, नेतृत्वका लागि मेरो ढोका सधैं खुला छ ।’



















