Dhulikhel Eco Banner new

मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

4.59K
shares

काठमााडौं, ५ वैशाख । मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सा जिल्ला बहुदरमाई गा.पा. वडा नं. ५ भौराटार घर भई हाल का.जि. किर्तिपुर न.पा. वडा नं. १३ बस्ने हिरालाल महतो नुनिया रहेका छन् ।

नुनियाले जय बहादुर साह तेली समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, मलेसिया पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पिडितहरूबाट पटकपटक गरी तीन लाख पचास हजार रुपैयाँ रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको भन्ने सुचनाले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको छ ।