नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक
वि.सं.२०८० वैशाख ५ मंगलवार १८:५४
shares

काठमाडौं, ५ वैशाख । नबिल बैंकको कार्ड प्रयोग गरी सामसङको मोबाइल खरिद गर्दा २ हजार रुपैयाँ क्यासब्याक पाइने भएको छ । सामसङका २ वटा नयाँ ग्यालेक्सी ए ३४ ५ जि र ग्यालेक्सी ए ५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष छुट योजना ल्याएको हो ।
नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो । सामसङले नबिल बैंकसंगको एक सम्झौता पत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याएको हो ।
सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो । यी दुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५ हजार एमएएच ब्याट्री जडित छन् । साथै यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रंगहरुमा उपलब्ध छन् ।
नबिलको कार्डका लागि देशका २५३ शाखाहरुमध्ये कुनै पनि शाखाबाट अथवा एनबैंकबाट लिन सकिनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको बैंकले जनाएको छ ।



















