Dhulikhel Eco Banner new

व्यवसायीहरु सटर बन्द गरेर बस्नु पर्ने अवस्था सिर्जना भयाे : कटुवाल

5.69K
shares

काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले आर्थिक मन्दीका कारण व्यवसायीहरुले सटर बन्द गर्नु पर्ने अवस्था आएको बताएका छन् । शुक्रबार केटिएम भ्वाइसको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कटुवालले बढेकाे ब्याजदर लगायत कारणले  व्यवसायीहरु समस्यामा परेको बताएका हुन् ।

‘अहिले बैंकको ब्याजदर बढ्को छ भने घरभाडा समेत बढ्दा व्यवसायीहरु निकै समस्या परेका छन्,’ उनले भने । अहिलेको अवस्थामा सुधार नगर्दा व्यवसायीहरु पलायन हुने अवस्था आएको भन्दै यस तर्फ सरकाले ध्यान दिनु पर्ने उनको भनाइ थियो । ‘व्यवसायीहरुले विदेशको भिसा लगाउनु पर्ने अवस्था आउन लागेको छ । यसमा सरोकारवाला निकायले ध्यान दिनु पर्छ,’ कटुवालले भने ।
अहिलेको संकटबाट पार पाउनका लागि सबैको सहकार्य आवश्यक रहेको उनले बताए ।