Dhulikhel Eco Banner new

आकासमै आगाे लाग्याे भनिएको जहाज गन्तव्यमा तर्फ अघि बढ्यो

12.18K
shares

काठमाडौं, ११ वैशाख । आकासमै आगाे लाग्याे भनिएको फ्लाई दुबईकाे जहाज गन्तव्यतर्फ अघि बढेको छ । याे समाचार तयार पार्दासम्म उक्त जहाज पाकिस्तानकाे आकासबाट अघि बढेको छ । भारतकाे नयाँ दिल्लीमा अवतरण गर्न सक्छ कि भन्ने अनुमान गरिएको थियाे । तर भारतका पनि अवतरण नगरी जहाज गन्तव्य तर्फ अघि बढेको छ । दुबईका लागि काठमाडौंबाट जहाज ९:२१ मा उडेको थियाे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै जहाजमा आगाे लागेको देखिएको थियाे । आकासमै आगाे लागेपछि आकस्मिक अवतरण हुने भनिए पनि पाइलटले अवतरण गर्न चाहेनन् । विमानस्थल श्राेतका अनुसार जहाजमा ठूलो समस्या नदेखिएपछि गन्तव्य तर्फ अघि बढेको हाे ।

*यसअघिको समाचारमा अपडेट गरिएको छ ।