Dhulikhel Eco Banner new

युरो र पाउण्डसँगै डलरको मूल्य पनि घट्यो

4.95K
shares

काठमाडौं, १२ वैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको डलरको मूल्य आज सामान्य घटेको हो ।

आज अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा रहेको थियो । त्यस्तै मंगलबार पाउण्डको मूल्य पनि घटेको छ । पाउण्डको खरिददर १६२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३३ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६७ पैसा रहेको थियो । आज युरोको विनियमदर पनि घटेको छ । आज युरोको खरिददर १४३ रुपैयाँ ९१ रुपैयाँ र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४४ रुपैयाँ १ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा रहेको थियो ।

राष्ट्र बैंकले सोमबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३ पैसा, सिंगापुर डलरको खरिददर ९७ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४३ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २ पैसा रहेको छ ।

त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६० पैसा रहेको छ ।