Dhulikhel Eco Banner new

हरेक शनिबार चिडियाखानाका बाघ व्रतमा

4.72K
shares

काठमाडौं, ३० वैशाख । जावलाखेलमा रहेको सदर चिडियाखानामा रहेका बाघले एक दिन व्रत बस्नु पर्ने भएको छ । आर्थिक अभाब तथा बाघको संख्या धेरै भएपछि बाघलाई हप्तामा एक दिन व्रत राख्न थालिएको हो ।

चिडियाखानामा बाघको संख्या थपिँदै जाँदा आर्थिक भार थपिएकाले प्रत्येक शनिवार बाघलाई व्रत अर्थात् ‘फास्टिङ’मा राख्ने गरेको हो । शनिवार बाघले पानी मात्र पाउने सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ रहेका छन् ।

एउटा बाघलाई प्रतिदिन ५ केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष करिब ५६ लाख १६ हजार रुपैयाँ खर्च हुने गरेको कोइरालाले बताए । उनका अनुसार अहिले चिडियाखानामा १८ वर्षको बाङ्गे बाघ, १३ वर्षको महाराजा बाघ, १२ वर्षको बगौरा बाघ, ९ वर्षको प्रताप बाघ, ८ वर्षको जगती (पोथी) बाघ र ५ वर्षको महारानी (पोथी) बाघसहित जम्मा ६ वटा बाघ छन् ।

‘सदर चिडियाखानाको क्षमताभन्दा बढी बाघ थपिएको छ । बाघ थपिँदै जाने क्रममा आर्थिक भार पनि थपिएको छ । त्यसैले प्रत्येक शनिवार बाघलाई ‘फास्टिङ’मा राख्ने गरेका छौँ,’ उनले भने ।