Dhulikhel Eco Banner new

सरकारले प्रेस काउन्सिललाई सञ्चार मिडिया काउन्सिल बनाउने

5.25K
shares

काठमाडौं, ५ जेठ । सरकारले प्रेस काउन्सिललाई सञ्चार मिडिया काउन्सिल बनाउने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिललाई सञ्चार क्षेत्रको अनुगमन गर्ने बलियो संरचनाका रुपमा विकास गर्न नयाँ कानूनमार्फत मिडिया काउन्सिल बनाउने बताएका हुन् ।

नीति तथा कार्यक्रममा भनिएको छ ‘ प्रेस काउन्सिललाई सबै सञ्चार माध्यमबाट सञ्चालन तथा प्रसारण हुने विषयवस्तुको नियमन गर्ने गरि मिडिया काउन्सिलमा रुपान्तरण गरिनेछ । ’

समानुपातिक विज्ञापन प्रणाली लागू गर्ने र पत्रकार कल्याण कोषलाई एकीकृत बनाई जेष्ठ पत्रकार सम्मान वृद्धि,द्धन्द्ध पीडित पत्रकारहरुलाई राहत ,पत्रकारको स्वास्थ्य तथा दुर्घना बीमाका साथै महिला पत्रकारहरुलाई प्रोत्साहन गर्ने उनको भनाइ छ ।