ज्ञानेन्द्र शाहीले गरे बजेटको प्रशंसा, कार्यान्वयनमा ध्यान दिन आग्रह
वि.सं.२०८० जेठ १५ सोमवार २१:२५
7.12K
shares
shares

काठमाडौं, १५ जेठ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको बजेटको स्वागत गरेका छन् । सोमबार सार्वजनिक बजेट पछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै आगामी आर्थिक वर्षको बजेट स्वागत योग्य रहेको बताए ।
उनले सबैभन्दा राम्रो विषय बजेटमा जडिबुटीको विषय भएको बताए । आफू प्रतिपक्षी दलमा भए पनि आफूले स्वागत गर्ने बताए । बजेट कार्यान्वयनमा भने शंका रहेको उनले बताए ।
सांसदलाई बजेट दिने कुरामा भने उनले आवश्यकता नरहेको बताए । तर यसको खुलेरै विरोध भने नगर्ने उनले बताएका छन् ।



















