Dhulikhel Eco Banner new

भारत प्रस्थान गर्न अघि प्रधानमन्त्री दाहालले भेटे राष्ट्रपति पौडेललाई

5.88K
shares

काठमाडौं, १७ जेठ । भारत भ्रमण गर्नु अघि आज विहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्ता प्रधानमन्त्री दाहालले आजदेखि हुने आफ्नो मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे जानकारी गराएका थिए ।

भेटमा परराष्ट्र सचिव भरतराज पौडेल समेत सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले आजदेखि छिमेकी राष्ट्र भारतको ४ दिने औपचारिक भ्रमण गर्दैछन् ।