Dhulikhel Eco Banner new

काठमाडौं महानगर प्रहरीमा जागिर खुल्यो, सेनामा भर्ना हुन नपाएकाले आवेदन दिन सक्ने

6.37K
shares

काठमाडौं, २० असार । काठमाडौं महानगरपालिकाले नगर प्रहरी जवानमा भर्ना खुलाएको छ । महानगरले ६५ जना नगर प्रहरी जवानका लागि भर्ना खुलाएको हो । तर, यसका लागि सबै सर्वसाधारणले भने आवेदन दिन पाउने छैनन् ।

महानगरपालिकाले बुधबार सार्वजनिक गरको सूचना अनुसार रक्षा मन्त्रालयको मिति २०८०÷३÷१० च.नं. ७५० को पत्र मार्पmत प्राप्त सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रम अनुसारको नामावली लगतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवेदनहरूमा सोही सूचीको योग्यता क्रम अनुसार करार सेवामा भर्ना गरिनेछ ।

सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रमको सूची काठमाडौँ महानगरपालिकाको वेबसाइटको डाउनलोड मेनुको प्रकाशन सब–मेनुमा “सैन्य योग्यता क्रमको सूची” शीर्षकमा रहेको महानगरले जनाएको छ ।