Dhulikhel Eco Banner new

गृहमन्त्रीले बैंकका सीईओहरुलाई निवासमा बोलाए

12.94K
shares

काठमाडौं, २२ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई निवासमा बोलाएका छन् । शुक्रबार विहान विट हेर्ने पत्रकारहरुलाई निवासमा बोलाएका गृहमन्त्री श्रेष्ठले राति ७ बजेका लागि बैंकका सीईओहरुलाई बोलाएका हुन् ।

गृहमन्त्रीले अनौपचारिक छलफल गर्नका लागि राति निवासकै बोलाएको एक बैंकका सीईओले पुष्टि गरे । ति सीईओका अनुसार गृहमन्त्रीले सामान्य चिनजान र अनौपचारिक कुराकानीका लागि भनेर खबर गरेका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षाको विषयमा गृह पनि चासो राखेको छ । बैंकका ऋणीहरुले ऋण नतिर्ने, कालोमोसो दल्ने जस्ता अराजक अभियानहरु घोषणा गरेका थिए । पछिल्लो समय त्यस्ता अराजक कार्यक्रमहरु स्थगन भए पनि अझै सुरक्षा खतरा भने कायम रहेको बैंकहरुको अनुमान छ । सुरक्षाको विषय गृहसँगै जोडिने भएकाले बैंकका सीईओहरुलाई बोलाएको हुनसक्ने सहज अनुमान गर्न सकिन्छ ।