Dhulikhel Eco Banner new

फोहोर व्यवस्थापनमा अवरोध गरेको भन्दै दर्जनौ स्थानीय प्रहरी नियन्त्रणमा

8.78K
shares

काठमाडौं, १० जेठ । काठमाडौंको फोहोर व्यवस्थापनमा लफडा गरेको भन्दै नुवाकोटका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्ना मागहरु पुरा नगरेको भन्दै स्थानीयले फोहोरको गाडि होल्ड गराएका थिए । सोही क्रममा मंगलबार प्रहरीले अवरोध गर्ने स्थानीयलाई पक्राउ गरेको हो ।

जायज मागहरु पुरा गर्नुपर्नेमा प्रहरीले बल प्रयोग गरेको स्थानीय वासिन्दा समेत रहेका सञ्चारकर्मी आशिष ढुंगानाले बताए । उनका अनुसार एक दर्जन भन्दा बढी स्थानीयलाई प्रहरीले नियनत्रणमा लिएको छ ।