Dhulikhel Eco Banner new

एमाले शीर्ष नेता सवार विमानमा समस्या, अर्को जहाजबाट जनकपुर जाँदै

5.41K
shares

काठमाडौं, १३ भदौ । एमाले शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाजमा समस्या आएपछि जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएका छन् । सिरहामा आजका लागि तय गरिएको सचिवालय बैठकमा सहभागी हुन जनकपुर जानेक्रममा विमानमा समस्या आएपछि काठमाडौं फर्केका एमाले नेताहरू अहिले अर्को विमानबाट त्यसतर्फ जाँदैछन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए ।

‘हामी पार्टीको सिराहामा बस्ने सचिवालय बैठकमा सहभागि हुन जनकपुर हुँदै त्यसतर्फ जाँदै थियौं । जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराउनु भयो,’ एमाले उपाध्यक्ष नेम्वाङले भने,‘त्यसपछि हामी काठमाडौं उत्रिएर अहिले अर्को विमानबाट त्यसतर्फ जाँदैछौं । विमान चढिसक्यौं ।’

बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जानेछन् भने अरु नेताहरु काठमाडौंबाट त्यसतर्फ जाँदै थिए एमाले सचिवालय बैठक अहिले साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बस्ने तय भएको छ ।