Dhulikhel Eco Banner new

नबिल बैंकको एटिएम फुटाउँने एकजना पक्राउ

5.23K
shares

काठमाडौं, १४ भदौ । नेपाल प्रहरीले नबिल बैंकको एटिएम फुटाउँने एकजनालाई पक्राउ गरेको छ । भक्तपुरको कमलविनायकस्थित भत्केको पाटी मा रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं २ बस्ने २४ वर्षीय पूर्णबहादुर खासु रहेको प्रहरीले जनाएको छ । उनलाई आज बिहान करिब पौने ३ बजेतिर प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो ।