Dhulikhel Eco Banner new

नेपालको चुच्चे नक्सा चीनले अस्वीकार गरेपछि बालेनले गरे चीन भ्रमण रद्द

11.64K
shares

काठमाडौं, १४ भदाै। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चीन भ्रमण रद्द गरेका छन् । नेपालले जारी गरेको चुच्चे नक्सलाई चीनले अस्वीकार गरेको भन्दै बालेनले सामाजिक सञ्जाल फेशबुकमा आक्रोश ब्यक्त गरेका छन् ।

अगस्ट २१ मा चीनको प्राकृतिक स्रोत मन्त्रालयले चीनको आधिकारिक नक्साको २०२३ संस्करण प्रकाशित गर्दा नेपालको पुरानै नक्सा देखाएको थियो ।

नेपालले ७ जेठ २०७७ मा अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो ।

‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।’ बालेनले लेखेका छन् ‘केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।’
चीनले नेपाललाई नै नसोधी नेपाली भुभाग भारतको देखाउनु नेपालीको संवेदनशीलता माथि चालेको गलत कदम हो भन्दै बालेनले भनेका छन् ‘चीनको निमन्त्रणामा हुँदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’