Dhulikhel Eco Banner new

सिंहदरबार जलाइदिन्छु भन्ने बालेन शाहको यति धेरै समर्थन किन ?

12.62K
shares

काठमाडौं, १७ भदौ । शनिबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल फेशबुकमा एउटा स्टाटस लेखे ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आयो लगाइदिन्छु । याद राख चोर सरकार ।’

एउटा निर्वाचित जनप्रतिनिधीबाट यस किसिमको उत्तेजक अभिब्यक्ति आउनुलाई स्वभाविक मान्न सकिन्न । दुःखका साथ भन्नु पर्छ । बालेनले स्टाटस लेखेको १४ घन्टामा एकलाख ६ हजार भन्दा बढीले उक्त स्टाटसमा प्रतिक्रिया दिएका छन् । बहुसंख्यकले बालेनले ‘जे लेखे ठिक लेखे’ आयशको प्रतिक्रिया दिएका छन् ।

केही व्यक्तिले बालेनको स्टाटसमा आपत्ति नजनाएका हैनन् । तिनलाई पनि बालेनका समर्थकले बाँकी राखेका छैनन् । कांग्रेस, एमाले र माओवादी कार्यकर्ताले बालेनलाई गाली गरेको भन्दै बालेनकै पक्षमा उभिएका छन् ।

भएको के थियो ?

शुक्रबार बेलुका नौ बजेतीर बालकुमारीबाट कोटेश्वरतीर सरकारी गाडी जाँदै थियो । ड्युटीमा रहेका ट्राफिक प्रहरीले गाडी रोकेर विदाको दिन सरकारी गाडी किन भन्दै कागजपत्रबारे सोधपुछ गरेको थियो । उक्त गाडीमा मेयर बालेनकी श्रीमती यात्रा गर्दै थिइन् ।

श्रीमती चढेको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेकै झोकमा बालेनले स्टाटस लेखेका थिए । त्यसो त ट्राफिक प्रहरीले गाडी चेकजाँच गरे लगत्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई राती नै फोन गरेर बालेनले सोधेका थिए ।

बालेका समर्थक पनि उग्र

एउटा जनप्रतिनिधीले यति उग्र टिप्पणी लेखिँरहदा उसकै समर्थनमा यति धेरै टिप्पणी आउनुलाई हल्का रुपमा लिन सकिँदैन । बालेनको समर्थन भन्दा पनि वर्षौदेखी सत्तामा रहेका कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलका नेतृत्वप्रति वितृष्णा हो । हरेक दलका आफ्नै निती र सिद्धान्त भए पनि दलका नेताहरु निती र सिद्धान्त विपरित हिँडेपछि युवा पुस्ता अहिले देशका लागि नेता खोजिरहेको छ । अबको नेता बालेननै हो भन्नेहरु धेरै छन् ।

बालेनलाई लि क्वीनसंग तुलना गर्दै धेरैले अब देश बनाउनु पर्ने जिम्मा उनैलाई दिनु पर्ने प्रतिक्रिया दिएका छन् । हेमन्त कान्छ रसाईली लेख्छन् ‘देशको मुहार फेर्नलाई निडर र लिडर चाहिन्छ त्यो हजुरमा छ, हामी तपाईको साथमा छौ हिजोको काठमाडौं र आजको काठमाडौं हेर्दा यस्तो लाग्छ कि बिचित्र र अलौकिक शक्ति माथिबाट बालेनसाहलाई दिएर पठाईएको छ । जय बालेन ।

बालेनले गलत लेखे भन्नेहरु पनि छन् । सुसन घिमिरे लेख्छन् ‘शनिवारको दिन । मेयर साबको सरकारी गाडीमा । अन्य महिला सहित धर्मपत्नी तीजको दर खान सवार रहँदा असम्बधित मान्छे समेत सवार भएको भन्दै प्रहरी गाडी रोक्यो । र छाड्यो । … दिउँसो यो घटनापछि मेयर साब आगो लगाईदिन्छु भन्ने अवस्था पुग्नुभयो । जुन गलत छ ।’