Dhulikhel Eco Banner new

शेयर बजारमा केही सुधार, कारोबार रकम १ अर्ब ९ करोड

9.04K
shares

काठमाडौं, १८ भदौ । कारोबारको दोस्रो दिन आज शेयर बजारमा केही सुधार आएको छ । पछिल्लो समय लगातार रुपमा ओरालो लागेको शेयर बजार आजभने ७ अंकले बढेको छ । आज ७ दशमलव ०४ अंकले सुधार आएर शेयर बजार परिसूचक १९६७ दशमलव ८३ विन्दुमा पुगेको छ ।

आज २७० कम्पनीका ३४ लाख ३२ हजार २६७ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज १ दशमलव ०९ अंकले घटेर ३७७ दशमलव ७१ विन्दुमा पुगेको छ ।