नेपाल क्लियरिङ्ग हाउसमा संचालकको नवनियुक्ति
वि.सं.२०८० भदौ १८ सोमवार १८:०४
shares

काठमाडौं, १८ भदौ । नेपाल क्लियरिङ्ग हाउसको हिजो (आइतबार) को संचालक समितिको बैंठकबाट फाइनान्स कम्पनीहरुका तर्फबाट आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई संचालक पदमा नियुक्त गरिएको छ ।
यसअघि संचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पद रिक्त रहेको थिए । अमित श्रेष्ठज्यूको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढिको अनुभव रहेको छ ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ । एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ ।



















