Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

6.76K
shares

काठमाडौं, २० भदौ । नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम रहेको छ ।

मंगलबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।