Dhulikhel Eco Banner new

राजनितीकर्मीलाई मन परेको ऐँचौ पैँचो

6.68K
shares

काठमाडौं, २१ भदौ । अहिले प्रदर्शन भइरहेको चलचित्र ‘ऐँचौ पैँचो’ले राजनितीकर्मीलाई अब सच्चिनु पर्ने सन्देश दिएको छ । फिल्मको विषय राजनिती केन्द्रित भएकाले पनि होला दलका नेताहरु समेत हलमै गएर सिनेमा हेर्न थालेका छन् ।

नेपाली राजनितीमा पछिल्लो समय सबै पार्टीमा देखिएको समस्या हो खराब मान्छेसंगको दोस्ती । प्राय पार्टीका शीर्ष नेतृत्वको दोस्ती कतिपय खराब व्यक्तिसंग समेत भएकाले राजनीतिमा लागेकाहरुका विषयमा प्रश्न गर्नेहरु बढेका छन् । सिमित व्यक्तिले नैतिकताको राजनिती गरे पनि ति प्राय छायाँमा छन् ।

दिलेन्द्र (मुकुन भुसाल) पार्टीका लागि राजनिती गर्न चाहन्छन् । तर, राजनितीको फोहोरी खेलबारे जानकारी छैन । उहाँको परिवारलाई उनी राजनीतिमा लागेको राम्रो लाग्दैन । आफ्ना साथी सुन्दर (कोसिस क्षेत्री) सँंग देशमा केही गर्नु पर्छ भन्ने हेतुले राजनीतिमा लागेका छन् दिलेन्द्र । उनको सबैभन्दा मिल्ने साथी सीताराम (सुशील सिटौला) लाई राजनीति मन पर्दैन तर, दिलेन्द्रलाई हौसला दिन सधैँ साथ दिन्छन् ।

एउटै निती र सिद्धान्तलाई अंगिकार गरेर राजनितीमा होमिएका दिलेन्द्र र सुन्दर एउटै पार्टीमा छन् तर, उनीहरुको यात्रा फरक छ । दिलेन्द्र गाउँको सेवामा लाग्छन् भने सुन्दर विपक्षी नेतासँग मिलेर पैसा कमाउने अभियानमा सहभागी हुन्छन्  ।

परिणम त दिलेन्द्र राजनीतिमा सफल हुँदैनन् । तर सुन्दर सफल राजनितीज्ञको रुपमा चिनिन्छन् ।
दिलेन्द्रको विवाहको पनि कुरा आउँछ । दिलेन्द्रले मन पराएकी युवती रूपा (स्वस्तिमा खड्का) विवाह छेकोमा अर्कै केटासँग भाग्छिन् । रूपाकै दिदी पुष्पा (वर्षा राउत) सँग दिलेन्द्रको विवाह हुन्छ । जसलाई दिलेन्द्रकै साथी सीतारामले एकतर्फी माया गरेका हुन्छन् ।

राजनिती र प्रेमी प्रमिकाको दाउपेचकै सन्दर्भ समेटिएको चलचित्र ‘अ‍ैँचौ पैँचो’ले समिक्षकबाट राम्रै प्रतिक्रिया पाएको छ । कृषा चौलागाईंको निर्देशन राम्रो छ । अभिमन्यु निरवीको लेखन र कृषाको निर्देशन जमेको छ । सुशील सिटौलाको अभिनय तारिफयोग्य छ । ‘काले केटाले’ बोलको गीत दर्शकलाई मन परेको गीत हो कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीको अभिनयले दर्शकलाई पुरै सन्तुष्टि दिन्छ ।