शेयर बजारमा गिरावट, कारोबार रकममा भने केही सुधार
वि.सं.२०८० भदौ २१ बिहीवार १५:३४
6.67K
shares
shares

काठमाडौं, २१ भदौ । कारोबारको अन्तिम दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । हिजो कारोबार बन्द भएको शेयर बजार आज प्रि ओपन सेसन मै गिरावट आएको थियो । आज बिहीबार २८ दशमलव ९२ अंकले घटेर शेयर बजार परिसूचक १९३२ दशमलव ४५ विन्दुमा पुगेको छ ।
आज २७६ कम्पनीका ३७ लाख ६९ हजार ३३ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ५ दशमलव ६५ अंकले घटेर ३७१ दशमलव ५८ विन्दुमा पुगेको छ ।



















