Dhulikhel Eco Banner new

सुन प्रकरणमा बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष सर्राफ पक्राउ

8.1K
shares

काठमाडौं, २२ भदौ । सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सरार्फ रहेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बाराबाट पक्राउ गरेको हो ।

उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ । गत साउन ३ गते हङकङबाट ब्रेक सु भनेर भित्र्याइएको ६० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो।

यसअघि पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पनि पक्राउ परिसकेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दीपेशसँग पनि प्रहरीले बयान लिएको छ।