शेयर बजारमा सुधार, कारोबार रकम १ अर्ब ७ करोड
वि.सं.२०८० भदौ २४ आइतवार १५:५५
8.63K
shares
shares

काठमाडौं, २४ भदौ । कारोबारको पहिलो दिन आज शेयर बजारमा सुधार देखिएको छ । पछिल्लो समय लगातार रुपमा ओरालो लागेको शेयर बजार आज भने १० अंकले बढेको हो ।
आज आइतबार १० दशमलव २३ अंकले बढेको शेयर बजार परिसूचक १९४२ दशमलव ६८ विन्दुमा पुगेको छ । आज २७६ कम्पनीका ४३ लाख १४ हजार ४१७ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज २ दशमलव ३२ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३७३ दशमलव ९० विन्दुमा पुगेको छ ।



















