ललिता निवास प्रकरण : पक्राउ परेकाहरुलाई धरौटीमा छाड्न आदेश
वि.सं.२०८० भदौ २४ आइतवार १६:४८
shares

काठमाडौं, २४ भदौ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले एकजनालाई बाहेक सबैलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
जिल्ला अदालतले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको छ, तर सबैको धरौटी रकम अलगअलग रहेको छ ।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।
यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका व्यक्तिहरु पक्राउ परेका थिए ।



















