भाटभटेनीका सञ्चालक मीनबहादुरलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश
वि.सं.२०८० भदौ २४ आइतवार १७:०२
10.4K
shares
shares

काठमाडौं, २४ भदौ । ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो ।
उनीसँगै अन्य १६ जनालाई धरौटीमा छाडेको छ । उनीसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंले सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर भएको थियो।



















