Dhulikhel Eco Banner new

भिजन लुम्बिनीको आईपीओमा आवेदन दिने समय थपियो

5.45K
shares

काठमाडौं, २ असोज । भिजन लुम्बिनी उर्जा कम्पनीले स्थानीयको लागि जारी गरेकाे आईपीओ भर्ने समय थप गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १अर्ब ९१ करोड २५ लाख मध्ये १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रकम बराबरको १०० अंकित दरको १९ लाख १२ हजार ५ सय कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं.१९ का स्थानीय बासिन्दाको लागि २०८० भदौ १९ देखि असोज २ सम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो ।

माग बमोजिम दरखस्त प्राप्त नभएकाले २०८० असोज १७ गते सम्म निष्काशन तथा बिक्री खुला गरिएको हो । यस कम्पनीमा न्यूनतम १० कित्ता दरखस्त दिनु पर्नेछ ।