Dhulikhel Eco Banner new

काठमाडौंको दुई ठाउँमा आगलागि हुँदा एक करोड बराबरको क्षति

13.66K
shares

काठमाडौं, ७ असोज । काठमाडौंको सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको छ । चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९० लाखभन्दा बढीको क्षति भएको छ ।

शनिबार बेलुका विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएको छ ।

यसैगरी शनिबार नै काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।