Dhulikhel Eco Banner new

उपत्यकाको विभिन्न ठाउँबाट २० दिनमै १ करोडको धनमाल चोरी

6.62K
shares

काठमाडौं, ३० कात्तिक । २० दिनमा काठमाडौं उपत्यकामा १ करोड रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको विभिन्न ठाउँमा चोरी हुँदा १ करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएको हो ।

कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार काठमाडौंको २० ठाउँबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँ, ललितपुरको १० ठाउँबाट २५ लाख ३० हजार ७५० रुपैयाँका धनमाल चोरिएका छन् भने भक्तपुरका ७ ठाउँबाट ५० लाख ५६ हजार रुपैयाँका धनमाल चोरी भएको छ । यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

यसै समयमा काठमाडौंको ५ ठाउँमा लुटपाट भएको छ । लुटपाटमा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।