सिवाईसीका अध्यक्षले भने– संस्थाको बद्मान गर्न भ्रम छर्न खोजियो
वि.सं.२०८० मंसिर १८ सोमवार १८:२९
shares

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले केही सञ्चारमाध्यमले संस्थाका विरुद्ध भ्रामक समाचार लेखेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थाका अध्यक्ष पद्मनाथ शर्माले सोमवार एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मितिमा संस्था र संस्था प्रमुखका विरुद्ध पटकपटक प्रकाशित तथ्यहिन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
अनलाईन पत्रिकाले आचारसंहिताको सामान्य मूल्य, मान्यता र धर्म समेतको पालना नगरी संस्थाका सञ्चालक समिति तथा संस्था प्रमुखविरुद्ध आम जनसमुदायमा दिगभ्रमित पार्ने खालका झूठा, भ्रामक तथा तथ्यहिन समाचार समप्रेषण गरेकोे विज्ञप्तिमार्फत जनाइएको छ ।
‘संस्था र सम्वन्धित व्यक्तिसँग कुनै किसिमको बाईट तथा प्रतिक्रिया नलिई एकपक्षीय ढंगले लगाइएको आरोप भ्रमित, व्यक्तिगत चरित्र हत्या गर्ने, बदनाम गर्ने बाहेक अरु केही नदेखिएको भन्दै यस प्रकारका भ्रामक समाचारप्रति संस्था खेद प्रकट गर्दछ’, अध्यक्ष शर्माले विज्ञप्तिमार्फत जनाएका छन् । संस्थाबाट कुनै कमिकमजोरी भएको भए स–प्रमाण औँल्याईदिन पनि अध्यक्ष शर्माले आग्रह गरेका छन् ।



















