Dhulikhel Eco Banner new

प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु, घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

6.29K
shares

काठमाडौं, १३ पुस । कोरिया रोजगार अनुमति प्रणाली इपिएसको विषयलाई लिएर युवाहरुले गरिरहेको प्रदर्शनमा प्रहरी र युवाहरुबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीले चलाएको गोली लागेर विरेन्द्र शाहको ज्यान गएको हो ।
यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजनराउतको मृत्यु भएको थियो ।

सडकमा अचेत अवस्थामा उनलाई फेला पारिएपछि किस्ट अस्पताल लगिएको थियो । राउतको अस्पतालले मृत्यु भएको पुष्टि गरेको छ ।

दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।