Dhulikhel Eco Banner new

शिवम् सिमेन्टको १५ प्रतिशत लाभांश पारित

6.11K
shares

काठमाडौं, २७ पुस । शिवम् सिमेन्टको ८ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधाणरसभाले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ। सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो।

साधारणसभाले सेयर प्रिमियमबापतको रकम कम्पनीमै सञ्चित राख्ने निर्णय गर्नुका साथै सञ्चालक समितिबाट सामान्य र विशेष प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।