जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा अर्बपति विनोद चौधरीको भाइ पक्राउ
वि.सं.२०८० माघ १८ बिहीवार १३:५३
10.95K
shares
shares

काठमाडौं, १८ माघ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । चौधरीलालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
अर्बपति व्यापारी विनोद चौधरीका भाइ अरुणलाई राजधानीको लैनचौरबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।
चौधरीमाथि जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा आफ्नो बनाएको आरोप छ । वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि त्यो जग्गालाई आफ्नो निजी सम्पत्ति बनाएको बताइन्छ ।



















