सहकारीबाट कमल थापा आफै पीडित, भन्छन्- सरकारले समाधान गराेस्
वि.सं.२०८० माघ १९ शुक्रवार १५:४२
shares

काठमाडौं, १८ माघ । राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले आफै सहकारी पीडित रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयाेजित अन्तरक्रिया कार्यक्रममा बाेल्दै पूर्व उपप्रधानमन्त्री थापाले सहकारी समस्या घरघरमा रहेको र त्यसबाट आफू पनि अछुताे नरहेको बताएका हुन् ।
राम्रो ब्याज पाउने आशमा सहकारीमा पैसा राखेकाले अहिले साँवा पनि पाउन नसकेको अध्यक्ष थापाले बताए ।याे समस्या सरकारले तत्कालै समाधान गर्नुपर्ने उनलेे बताए । ‘भाेलि कसैले राजनीतिक फाइदा लिनु अगाावै राज्यले समस्या समाधान गर्नुपर्छ’ थापाले भने, ‘कसरी हुन्छ न्याय पाउने बारे साेच्नुपराे ।’



















