Dhulikhel Eco Banner new

‘क्यूआर पेमेन्ट भएपछी बैंक जानुपर्ने बाध्यता हट्यो’

20.76K
shares

काठमाडौं, १ फागुन । गमला कुमारी थापा मगर होटल व्यावसायमा आवद्ध छिन् । उनको होटलबाट कमाई भएको पैसा उनले हरेक दिन बैंकमा गएर पैसा जम्मा गर्नुपर्ने थियो । तर अहिले होटलमा क्यूआरबचाट पेमेन्ट हुन थालेपछि उनको बैंक जानुपर्ने बाध्यता हटेको छ ।

गमलाले मिर्मिरे लघुबित्त बित्तीय संस्था लिमिटेड भलुवाहि शाखाबाट पहिलो पटक एक लाख रुपैयाँ विना धितो कर्जा लिएर आफ्नो होटल गर्दै आएकी थिईन् । उनले आफ्नो होटललाई बढाउन ५ लाख कर्जा लिईन् । त्योसँगै होटलको व्यावसाय पनि राम्रो कमाई भयो ।

त्यही बीचमा मिर्मिरेले ल्याएको योजनाले उनको बैंक जानुपर्ने बाध्यता हटेको छ । ‘होटलमा खाएर पैसा भुक्तानी गर्ने बेलामा प्रायः ग्राहकहरूले मोवाइलबाट पैसा तिर्न क्यू. आर. छ ? भनेर सोध्ने गर्नुहुन्थ्यो’, गमलाले भनिन्, ‘पहिले होटेलमा आउने ग्राहकहरूले मोबाईलबाट नै पैसा तिर्न असहज थियो तर मिर्मिरेले डिजिटल बैंकिङ सेवा अन्तर्गत क्यूआर पेमेन्ट वितरण गरेपछि ग्राहकहरुले सिधै लघुवित्तको खातामा भुक्तानी गर्न धेरै सहज भएको छ ।’

मिर्मिरेको मोबाइल बैंकिङ सेवा लिइ कारोवार गर्दा ढुक्क अनि सहज भएको उनले बताईन् । होटेलमा आवश्यक सामाग्रीहरु थप गरि व्यवसाय बृद्धि गर्नुका साथै जिवनस्तर उकास्न सहयोग गरेकोमा गमलाले लघुवित्तलाई धन्यवाद दिईन् ।