Dhulikhel Eco Banner new

एसिया प्रशान्त मञ्चको अध्यक्षमा योजना आयोगका उपाध्यक्ष श्रेष्ठ निर्वाचित

5.2K
shares

काठमाडौं, ८ फागुन । एसिया प्रशान्त मञ्चको अध्यक्षमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

फाल्गुन ८ देखि ११ (तदनुसार २०२४ फेब्रुअरी २० देखि २३) गतेसम्म बैङ्ककस्थित संयुक्त राष्ट्रसङ्घ अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्ले दिगो विकास सम्बन्धी लक्ष्को बारेमा छलफल हुने गर्छ ।

मित्रराष्ट जापानले श्रेष्ठलाई यस मञ्चको अध्यक्ष चयन गर्न प्रस्ताव गरेकोमा बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधिले समर्थन गरे पश्चात् श्रेष्ठ सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् । मञ्चको अध्यक्ष निर्वाचित भएपश्चात् कार्यक्रममा उपस्थित सबै सदस्य राष्ट्रका प्रतिनिधिहरूलाई उपाध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् ।

मञ्चमा अन्तर्राष्ट्रिय साझा एजेण्डाका रुपमा रहेका दिगो विकास लक्ष्यमा यस क्षेत्रका राष्ट्रहरुले गरेको प्रगतिको समीक्षा गरिनुका साथै आगामि दिनमा लिनुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल हुँदैछ ।

एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको थियो ।

उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायतको टोली रहेको छ ।

कार्यक्रममा दीर्घकालिन सोचका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा समेत हुँदैछ ।

सिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा ५३ सदस्य राष्ट्र तथा नौ वटा अन्य संस्था आबद्ध छन् । मञ्चमा हुने छलफलमा सदस्य राष्ट्रहरुका सरकारका प्रतिनिधिका अतिरिक्त नागरिक समाज, निजी क्षेत्र, सामाजिक सङ्घसंस्था, युवा, बालबालिका, किसानलगायत बहुसरोकारवालाको सहभागिता रहेको छ ।